मोरङ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले मगरले विराटनगर विमानस्थलको शौचालयको अनुगमन गरेका छन्। शुक्रवार एक कार्यक्रमका लागि विराटनगर विमानस्थल ओर्लिएका मन्त्री आलेले शौचालयको अनुगमन गरेका हुन्।
विराटनगर ओर्लिएपछि उनले विमानस्थलमा रहेको क्नभियर बेल्ड अनुगमनलगत्तै यात्रुकक्षमा रहेको शौचालयको अनुगमन गरेका हुन्। बिना सेडुल अचानक शौचालयको अनुगमन गरेका आलेले अनुगमनपछि ठिकै रहेको प्रतिक्रिया दिए।
मन्त्री आलेले अनुगमनका क्रममा समस्या समाधानका लागि बजेटमार्फत सम्बोधन गर्ने आश्वासन समेत दिएको बताइएको छ।
मन्त्री आलेले सोमबार बस्ने मन्त्रिपरिषदको बैठकबाट विराटनगर विमानस्थलका लागि आवश्यक बजेट विनियोजन हुने दाबी समेत गरे।