काठमाडौं। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले अवितरित १९ लाख ९२ हजार १३४ कित्ता हकप्रद शेयर वैशाख १० गते (सोमवार) देखि लिलामीमा ल्याउने भएको छ । कम्पनीले वैशाख २४ गतेसम्म जो कोही व्यक्ति, कम्पनी, संघ संस्थाहरूले खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याउन लागेको हो ।
कम्पनीले फागुन १७ गतेदेखि चैत ७ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरी चैत २७ गते बाँडफाँट गरेको थियो । कम्पनीले १ बराबर १ को अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर विक्री खुला गरेकोमा १९ लाख ९२ हजार १३४ कित्ता भने वितरण हुन सकेको थिएन ।
सो अवधिमा वितरण हुन नसकेको उल्लेखित कित्ता शेयर लिलामी फ्रक्रियाबाट वित्री गर्न लागिएको हो ।