काठमाडौं। अरूणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको अवितरित हकप्रद सेयर सोमबारदेखि लिलामिमा बिक्रीका लागि खुलाइएको छ।
कम्पनीले १९ हजार १३४ कित्ता हकप्रद सेयर शिलबन्दी बोलपत्र प्रक्रिया मार्फत बिक्रीका लागि खुलाएको हो।
कम्पनीले १ बराबर १ अनुपातमा निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सेयर लिलाम विक्री गर्न लागेको हो। यो सेयरमा वैशाख २४ गतेसम्म इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले बोलपत्र पेश गर्न सक्नेछन्।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।