काठमाडौं। हुलास ग्रुप अन्तर्गत सञ्चालित दुई कम्पनीहरूले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको छन् । हुलास आईरन इन्डष्ट्रिज लिमिटेड र हुलास इन्फ्रा लिमिटेडले प्रिमियम मूल्य सहित आईपीओ जारी गर्ने भएका हुन ।
दुबै कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनको प्रस्ताव पारितका लागि वैशाख २२ गते विशेष साधारण सभा गर्ने निर्णय गरेका हुन । कम्पनीको रजिष्टर्ड कार्यालयमा विहान ११ बजे सभा गर्ने निर्णय कम्पनीहरूले गरेका हुन ।