काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापकतर्फको ३० हजार १२० कित्ता शेयर विक्रीमा ल्याएको छ ।
कम्पनीले विराट कुमार श्रेष्ठको नाममा रहेको २७ हजार ३७५ कित्ता र सुरेन्द्र सुवेदीको नाममा भएको २ हजार ७४५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो।
यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । इच्छुक खरीदकर्ताले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ ।