चनौली। भरतपुर महानगरपालिका वडा नं–२०, चनौलीमा इमर्जेन्सी क्लिनिक भवनको शिलान्यास गरिएको छ । उक्त भवन बागमती प्रदेश सरकारको २२ लाख १३ हजार ९ सय २ रूपैयाँमा निर्माण हुने भएको हो।
उक्त लागत मध्यमा २० लाख प्रदेश सरकारको र २ लाख १३ हजार ९ सय २ रूपैयाँ उपभोक्ता समितिबाट बेहोरिने छ। भवन निर्माणपश्चात् सो भवनमा दुर्घटनाबाट एवं आकस्मिकरुपमा हुने बिरामीलाई प्राथमिक उपचार, रक्तसञ्चार परामर्श, सामान्य बिरामी उपचार तथा अन्य परामर्शलगायतका सेवाहरु व्यवस्थितरुपमा प्रदान हुने नेपाल रेडक्रस सोसाइटी चनौलीले जनाएको छ।
शिलान्यास गरिएको भवन २ कोठे बन्ने र उक्त भवन असार १५ गतेभित्र निर्माण गरिसक्ने सम्झौता भएको निर्माण उपभोक्ता समितिले बताएको छ।