काठमाडौं। नेपाल तरुण दलको भवन निर्माणका लागि केन्द्रीय सदस्य मुकुन छन्त्यालले दुई लाख रुपैयाँ सहयोग गरेका छन्। तरुण दलको केन्द्रीय कार्यालय रहेको स्थानमा नयाँ भवन निर्माण गर्न युवा नेता छन्त्यालले सो नगद सहयोग गरेका हुन्।
तरुण दलको चैत १५ र १६ गते बसेको बैठकले केन्द्रीय भवन निर्माण गर्ने निर्णय गरेको थियो। उक्त बैठकले भवन निर्माण गर्ने केन्द्रीय सदस्यहरुबाट सहयोग रकम संकलन गर्ने निर्णयसमेत गरेको थियो।