काठमाडौं। कुमारी बैंक लिमिटेडले ९७ हजार १५० कित्ता संस्थापक शेयर विक्री खुला गरेको छ। बुधवार ३५ दिने सूचना जारी गर्दै कम्पनीले विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी ती शेयर विक्रीमा ल्याएको जानकारी दिएको हो।
इच्छुक विद्यमान संस्थापक शेयरधनीले शेयर खरीदका लागि आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ। आवेदन बैंकको केन्द्रीय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रारको कार्यालय नक्साल, काठमाडौंमा पेस गर्नुपर्नेछ ।