काठमाडौं। पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूतिको जिम्मा नागरिक लगानी कोषले पाएको छ। उद्योगले जारी गर्न लागेको साधारण सेयरको प्रत्याभूति नागरिक लगानी कोषले गर्ने भएको हो।
बिहीबार सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पाल्पा सिमेन्ट उद्योगकोतर्फबाट कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सिमेन्ट उद्योगले सर्वसाधारणका लागि निष्कासन गर्ने सम्पूर्ण सेयर बिक्री नभएमा कोषले त्यसको प्रत्याभूति गर्नेछ । पाल्पा सिमेन्ट उद्योगले प्रतिकित्ता १ सय रुपैयाँ अंकित ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता साधारण सेयर जारी गर्दैछ ।