काठमाडौंमा किरात रदु नाछिरिङ साखाम केन्द्रको रिदुम खिम (मुन्धुम घर) निर्माण सुरु गरिएको छ। गोकर्णेश्वर नगरपालिका–४ उत्तरगया/उत्तरवाहिनीमा साढे तीन तलाको रिदुम खिम (मुन्धुम घर) निर्माण सुरु गरिएको हो।
उक्त मुन्धुम घर निर्माणको लागी दुई करोड २८ लाख ५४ हजार ९२५ रुपैयाँको लागतमा निर्माण सुरु गरिएको हो। चालु आर्थिक वर्षभित्र एक तला फिनिसिङ गरिने किरात रदु नाछिरिङ साखाम केन्द्रका महासचिव गान्धीव किरातीले जानकारी दिए।
पूर्वी नेपालमा बसोबास गर्ने नाछिरिङ समुदायले आफ्नो सामुदायिक हित, भाषा, संस्कार, संस्कृति, विकास, संरक्षण एवं प्रवर्द्धनका लागि रिदुम खिम निर्माण सुरु गरेको हो। चन्दा तथा सहयोग जुटाएर दुई वर्षभित्र रिदुम खिम निर्माण कार्य सम्पन्न गरिने केन्द्रले जानकारी दिएको छ।