काठमाडौं। नौ महिनाको अवधिमा सर्वोत्तम सिमेन्ट कम्पनीको नाफा ३२ प्रतिशतले बढेको छ।
कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै समीक्षा अवधिमा नाफा ३२ प्रतिशत बढेको जानकारी दिएको हो।
चालु आवको साउनदेखि चैत मसान्तसम्म कम्पनीले १२ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको यसै अवधिमा यस्तो नाफा ९ करोड १२ लाख रुपैयाँ थियो।
कम्पनीको बिक्री आम्दानी बढ्दा नाफामा योगदान पुगेको देखिन्छ। चालु आवको ९ महिनामा ४ अर्ब ५५ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ। गत आवको सोही अवधिमा यस्तो आम्दानी ३ अर्ब ६४ करोड थियो ।