दैलेख। भैरवी गाउँपालिकाले आफ्नो प्रशासकीय भवन निर्माण सुरु गरेको छ । भैरबी गाउँपालिका–४ मा करिब ६ रोपनी क्षेत्रफल जमिनमा भवन निर्माण गरिने भएको हो।
उक्त भवन सोमबार एक कार्यक्रमबीच गाउँपालिका उपाध्यक्ष देवी भण्डारीले शिलान्यास गरेकी हुन्।
संघीय सरकार र गाउँपालिकाको साझदारीमा ८ करोड ७ लाख ८७ हजार ९ सय ८० रुपैयाँ लागतमा निर्माण हुने भैरवी गाँउपालिकाले जनाएको छ।
गाउँपालिकाको ४० प्रतिशत र संघ सरकारको ६० प्रतिशत लागतमा भवन बन्न लागेको हो । उक्त भवन निर्माण सम्पन्न भएपछि सेवा प्रवाहमा सहज हुने गाउँपालिकाले जनाएको छ।