काठमाडौं। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले प्राथमिक सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले १३ लाख ७९ हजार ३५० कित्ता बराबरको १३ करोड ७९ लाख ३५ हजार रुपैयाँको प्राथमिक सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाएको हो।
कम्पनीले यही बैशाख २३ गते उक्त अनुमति प्राप्त गरेको हो ।
प्राथमिक सेयर निष्कासनका लागि कम्पनी र कुमारी क्यापिटलबिच यसअघि नै सम्झौता भइसकेको छ।
यसैगरी, सेयर प्रत्याभूतिको जिम्मेवारी नेपाल एसबिआई क्यापिटले लिएको छ।
कम्पनीले नुवाकोटमा ११ मेगावाटको माथिल्लो तादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।
आयोजनामा कुमारी बैंक लिमिटेडको अगुवाई तथा नेपाल एसबिआई बैंकले लगानी गरेका छन्। हालसम्म करिब ७० प्रतिशत कार्य सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।