काठमाडौं। भक्तपुर अस्पतालमाको नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ। नवनिर्मित भवनको मंगलबार बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र नेपालका लागि बेलायती राजदूत बर फेनले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
बेलायत सरकारको १८ करोड आर्थिक अनुदानमा भवन निर्माण गरिएको हो। उद्घाटन कार्यक्रममा मन्त्री श्रेष्ठले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिए। साथै मन्त्री श्रेष्ठले भक्तपुर अस्पताललाई ३ सय शय्यामा स्तर उन्नति गर्ने प्रदेश सरकारले निर्णय गरिसकेको समेत जानकारी गराए।
नेपालका लागि बेलायती राजदूत बर फेनले भक्तपुर अस्पतालको प्रगतिप्रति सन्तोष व्यक्त गरे । उनले आफ्नो देशको तर्फबाट भक्तपुर अस्पताललाई थप आर्थिक , भौतिक एवं प्राविधिक सहयोग पुर्याउने इच्छा पनि प्रकट गरेका छन् ।