काठमाडौं। सरकारले स्टील उधोगका लागि नयाँ नीति तयार पारेपछि फलाम उधागीहरु विभाजित भएका छन्। डण्डी उत्पादन गर्ने उधागिहरुलाई सरकारले ब्लेड र स्पञ्जमा लाग्ने कर केहि मात्रामा बढाएपछि नकारात्मक असर पर्ने भएको कारणले आन्दोलनमा उत्रेका छन्। जसले गर्दा स्पञ्ज र स्क्रावलाई कच्चा पदार्थको रुपमा प्रयाग गरी डण्डी/छड उत्पादन गर्दै आएका उधोगीहरु एकतर्फ भएका छन भने अर्कोतर्फ स्टील ब्लेडलाई कच्चा पदार्थको रुपमा प्रयोग गरी छडरडण्डी उत्पादन गर्ने उधोगिहरु रहेका छन्।
रोलिङ मिल एशोसिएशनले नेपालमा आउने स्टिल ब्लेडमा बढाइएको अन्तःशुल्क कोनिर्णय फिर्ता गर्नुपर्ने कुरा बताएको छ। ब्लेड र डण्डी उत्पादन प्रक्रिया फरक भएको कारण प्रतिस्थापन विधेयकको प्रावधानले कसैलाईनि हानि नपु्र्याउने दावी अर्का एक ब्यवसायीले गरेका छन्। प्रतिटन १६ सय ५० रुपैँयामा आयात हुने ब्लेडमा बढाएर २५ सय पुर्याएको छ। त्यसैले उक्त निर्णय फिर्ता गर्न माग गरी डण्डी उधोगीहरुले विरोध गरेका हुन्।