काठमाडौं। चालु आर्थिक वर्षको नौ महिनामा शिखर इन्स्योरेन्सको नाफा ३९ करोड २ लाख ७३ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिको तुलनामा २६.२३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ३० करोड ९१ लाख ७९ हजार रुपैयाँ रहेको छ ।
नौ महिनाको अवधिमा कम्पनीको बिमा शुल्क आर्जन १६.०६ प्रतिशते बढेर १ अर्ब ८ करोड १६ लाख १० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ९३ करोड १९ लाख ३२ हजार रुपैयाँ रहेको थियो ।