चितवन। चितवनमा ‘विपन्नलाई सपनाको घर’ कार्यक्रमअन्तर्गत ५२ विपन्न परिवारका लागि आवास निर्माण गरिएको छ। ‘सपना भिलेज सोसल इम्प्याक्ट’ले स्थानीय सरकारसँग सहकार्य गरी घर नभएका ५२ परिवारका लागि घर निर्माण गरेको हो।
चितवनको रत्ननगर, खैरहनी र राप्तीमा घर निर्माण गरिएको छ। आइतबार मात्र रत्ननगर–७ राउत टोलमा चार घर निर्माण गरी चार परिवारलाई हस्तान्तरण गरिएको छ।
प्रतिघर निर्माण गर्न सात लाख ५० हजार खर्च भएको सपना भिलेजले जनाएको छ। भिलेजले प्रतिघर सात लाख र वडा कार्यालयले प्रतिघर ५० हजार लगानी गरेका छन् ।