काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर–१६ को प्रशासनिक भवन उद्घाटन गरिएको छ। चःमतीमा बनेको नयाँ प्रशासनिक भवनको महानगरकी उपप्रमुख सुनिता डंगोलले उद्घाटन गरेकी हुन्।
उद्घाटनसँगै वडा कार्यालयले आफ्नै नवनिर्मित भवनबाट सेवा दिन सुरु गरेको छ।
भवन निर्माणका लागि ३० साउन २०७८ मा शिलान्यास भएको थियो। ७ करोड ५३ लाख रुपैयाँमा गौरी पार्वतीरके एन्ड के जीररमिता जेभीले निर्माण गरेको लिफ्टसहितको भवन अपाङ्गमैत्री छ।
१ रोपनी ४ आना २ पैसा जमिनमा निर्माण भएको भवनमा सुविधा सम्पन्न बैठक कक्ष समेत रहेको छ । यसअघि वडा कार्यालय सोह्र खुट्टेस्थित स्थानीय एक क्लब भवनमा सञ्चालन हुँदै आएको थियो ।