काठमाडौं। बैतडीस्थित पाटन नगरपालिका–४ मा रहेको भूमेश्वर माध्यमिक विद्यालय भवनको शिलान्यास गरिएको छ । पाटन नगरपालिकाका मेयर गौरी सिंह रावल र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत विद्यालय भवनको संयुक्त शिलान्यास गरेका हुन् ।
भारत सरकारको ३ करोड १० लाख रुपैयाँ आर्थिक सहयोगमा विद्यालय भवन निर्माण गर्न लागिएको हो । विद्यालयलाई आवश्यक अन्य सुविधासहितका भवन बनाइनेछ।