काठमाडौं। ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पािरतका लागि जेठ १९ गते विशेष साधारण सभा बोलाएको छ। जेठ १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय, ठमेल ,काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
आईपीओ निष्काससँगै हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। आईपीओ र हकप्रद निष्कासनको लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ।