दैलेख। दैलेखको भैरवी गाउँपालिकाले आफ्नो प्रशासकीय भवन निर्माण सुरु गरेको छ । भैरबी गाउँपालिका–४मा ६ करिब रोपनी क्षेत्रफल जमिनमा भवन निर्माण गर्न थालिएको हो।
भवन निर्माणका लागि गत वैशाख अन्तिम साता गाउँपालिका उपाध्यक्ष देवी भण्डारीले शिलान्यास समेत गरिसकेकी छन्।
संघीय सरकार र गाउँपालिकाको साझदारीमा ८ करोड ७ लाख ८७ हजार ९ सय ८० रुपैयाँ लागतमा भवन निर्माण गरिने छ।
गाउँपालिकाको ४० प्रतिशत र संघ सरकारको ६० प्रतिशत लागतमा भवन बन्न लागेको हो ।