बुटवल। ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल लुम्बिनी प्रदेश समितिले ग्रीलजन्य फलामको मूल्यवृद्धि घटाउन माग गरेको छ।
समितिले विज्ञप्ति जारी गरी अत्याधिक रुपमा भएको मूल्यवृद्धिले व्यवसायी मारमा परेको भन्दै मूल्य घटाउन माग गरेको हो।
समितिले एक महिनाको अवधिमा प्रतिकिलोग्राम १५ रुपैयाँसम्म मूल्यवृद्धि हुँदा व्यवसायी मारमा परेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चा पदार्थको मूल्यवृद्धि नभएको अवस्थामा केही सीमित उद्योगीको स्वार्थमा नेपालमा मात्र अस्वभाविक मूल्यवृद्धि हुँदा सरकार र सम्बन्धित निकाय मुकदर्शक बनेको भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ।