कास्की। पोखरा महानगरपालिका–३० मोहोरियास्थित सङ्क्रामक तथा सरुवा रोग अस्पताल भवन निर्माण कार्यले गति लिन सकेको छैन। ठेक्का सम्झौताअनुसार आगामी असारभित्र भवन निर्माण गरिसक्नुपर्नेमा हालसम्म ५२ प्रतिशत मात्र भौतिक प्रगति र ५५ प्रतिशत वित्तीय प्रगति भएको छ ।
गण्डकी प्रदेश सरकारले बहुवर्षीय आयोजनामा समेटेको अस्पताल भवन निर्माण कार्य ‘यम–धुलिखेल–प्याराडाइज जेभी’ले गरिरहेको छ । वि.सं. २०७८ असारमा २८ मा तीन वर्षमा निर्माण सक्ने सम्झौता भए पनि निर्माण कार्यले गतिलिन नसकेको प्रदेश सरकारको सहरी विकास तथा भवन कार्यालयले जनाएको छ । गाेरखापत्रअनलाइनबाट