रौतहट। रौतहटको माधवनारायण नगरपालिका नगर प्रमुख बैजनाथ प्रसाद यादवले प्रशासकीय भवन निर्माणको काम गुणस्तरीय गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्। माधवनारायण नगरपालिका–६ माधोपुर बजार भन्दा दक्षिण अस्पतालको नजिक नगरपालिकाको प्रशासनिक भवनको स्थलगत निरीक्षण गर्दै उनले सो निर्देशन दिएका हुन् ।
प्रशासकीय भवन निर्माण कार्य अहिले तीव्र गतिमा अघि बढिरहेकोमा खुसी व्यतm गर्दै उनले निर्माणका काममा कुनै प्रकारको कमसल सामग्री प्रयोग नगर्न आग्रह गरे । पालिकाको १३ करोडको लागतमा उक्त भवन निर्माण भइरहेको छ।