बारा। बारा र पर्सामा विद्युत कटौती हुने समस्या बढेको छ।विद्युत माग र आपूर्तिबीच सन्तुलन नमिल्दा झ्याप्प झ्याप्प विद्युत् कटोती हुने समस्या देखिएको हो।
बारा र पर्साका औद्योगिक कोरिडोरमा दैनिक ३ सय मेगावाट विद्युत माग भए पनि अहिले २ सय मेगावाटको हाराहारीमा मात्र आपूर्ति हुँदा विद्युत कटौतीको मार झेल्नु परेको बताइएको छ।
नेपाल विद्युत प्राधिकरण वितरण वीरगञ्ज वितरण केन्द्रले बारा–पर्साका ओद्योगिक क्षेत्रलाई प्राथमिकताका साथ विद्युत उपलब्ध गराउँदै आएको जनाएको छ। बारा र पर्सामा अत्यधिक गर्मी बढेकाले घरासयी तथा औद्योगिक क्षेत्रको विद्युतको माग अत्यधिक बढिरहेकाले पनि बेला बखतमा ट्रिपिङ हुने गरेको प्राधिकरणको भनाइ छ।