कञ्चनपुर। देशभर सञ्चालन भइरहेको सुरक्षित नागरिक आवास कार्यक्रम पुनर्वासमा पनि लागू भएको छ। सुरक्षित आवास कार्यक्रमका लागि शनिबार एक कार्यक्रम गरी लाभग्रही र नगरपालिकाले सम्झौता गरेको हो।
सम्झौता भएका घरपरिवारलाई पेश्की स्वरुप २५ हजार रुपैयाँ भुक्तानी दिइने र परियोजना समापन पश्चात बाँकी ३० हजार दिइने बताइएको छ।
नगरपालिका भित्र बसोबास गरिरहेका घरमा खरको छानो भएका विपन्न परिवारलाई ५० हजारका दरले १६७ घरपरिवारलाई यो सुविधा दिइने नगरपालिकाले जनाएको छ। ज्येष्ठ नागरिक वीरसिङ सुनार र माता दमाई सँग सम्झौता गरी कार्यक्रमको सुरूवात गरिएको नगर प्रमुख जीवनराज थापाले बताए।