काठमाडौं। जनता आवास कार्यक्रमका लागि ८० करोड बजेट विनियोजन गरिएको छ।
जनता आवास कार्यक्रम अन्तर्गत गरिब, असहायका अव्यवस्थित तथा झुपडी बस्तिलाई व्यवस्थित गरी स्तरोन्नती गर्न ८० करोड बजेट विनियोजन गरिएको हो।
पोखरा र जनकपुरमा एकिकृत शहरी पूर्वाधार विकास गरिने भएको छ। एकिकृत शहरी विकासका लागि चार अर्ब १३ करोड बजेट विनियोजन गरिएको छ।