काठमाडौं। भिजन ईनर्जि एण्ड पावर लिमिटेडले सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । आईपीओ निष्कासनको प्रस्ताव पारितका लागि कम्पनीले जेठ ३२ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीले भर्चुअल विधिमार्फत दिनको ३ बजे सभा गर्न लागेको हो ।
सम्बन्धित शेयरधनीलाई विशेष साधारण सभामा भाग लिनका लागि जुम लिंक इमेल तथा एसएमएसमार्फत उपलब्ध गराइने जानकारी कम्पनीले दिएको छ ।