काठमाडौं। राष्ट्रदेव भगवान पशुपतिनाथका चारवटै ढोका आउँदो असार १ गतेदेखि विहान ४ बजे नै खुल्ने भएका छन्।
पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले विहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भनेर आउँदो असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि विहान ८.३० बजेपछि मात्रै बाँकी तीनवटा ढोका खोलिने गरिएकोमा भक्तजनले चारवटै ढेकाबाट दर्शन गर्न पाउन भनेर आउँदो असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका बिहान ४ बजे खोलिने भएको हो।