काठमाडौं। लघुबीमा व्यवसाय गर्न स्थापना भएका ५ कम्पनीमध्ये दुई कम्पनीले आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाएका छन्। क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएका हुन्।
यी दुवै कम्पनीले आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरिसकेका छन्।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा कुमारी क्याफिटललाई नियुक्त गरेको छ।
त्यस्तै क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले पनि साढे २२ लाख अर्थात् २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा छ। उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटललाई नियुक्त गरेको छ।