काठमाडौं। उदयपुरको चुनढुंगाबाट उत्त्पादित शौर्य सिमेन्ट ५३ ग्रेडबाट सम्मानित भएको छ। हालै नेपाली बजारमा आगमन गरेको यस सिमेन्टले थोरै समयमा नै यो उपलब्दी हात पार्न सफल भएको हो। यसै अवसरमा शौर्य सिमेन्टले पौष मसान्तसम्म आफ्नो सबै ग्राहकहरुलाई ४३ ग्रेडको मूल्यमा ५३ ग्रेडको सिमेन्ट उपलब्द गराउने भएको छ।
सिरहा जिल्लाको मिर्चैयामा अवस्थित रहेको शौर्य सिमेन्टले ओ पि सी , पि एस सी सिमेन्टहरु उत्त्पादन गर्दै आएको छ। आउने दिनमा पिपिसी र लो अल्काली सिमेन्टको उत्पादन प्रक्रियामा रहेको यस उद्योग नेपालमै पहिलो पल्ट लो अल्काली सिमेन्टको उत्पादन गर्ने पहिलो सिमेन्ट उद्योग रहेको छ। लो अल्कली सिमेन्ट उत्त्पादन गर्ने शौर्य सिमेन्ट नेपालमा नै पहिलो कम्पनी रहेको जनाइएको छ। यसले दैनिक ७०,००० बोरा सहित ३५०० मेट्रिकटन उत्त्पादनको क्षमता राख्ने भएकाले देशभरिको बजार माग सजिलै धान्न सक्ने जनाइएको छ।
यसैगरी सिमेन्ट उत्पादनमा गुणस्तरीय कच्चा पदार्थको प्रयोग गर्ने शौर्य सिमेन्ट इण्डनष्टिजको मुख्य कच्चा पदार्थको स्रोत उदयपुरको चुनढुंगा रहेको छ। उक्त चुनढुंगामा आल्मुनियम र म्याग्नेसियमको मात्रा एकदम कम रहेको हुनाले यसबाट उत्त्पादित क्लिन्कर उच्च गुणस्तरको रहने जनाइएको छ। यसलाई उत्खनन् गरि फोर्थ जेनेरेशन सेपेरेटर को सहायतामा सर्वोत्कृष्ट गुणस्तरको सिमेन्टमा रुपान्तरण गरिने उद्योगले जानकारी दिएको छ।