काठमाडौं। भारतले काठमाडौंको डिल्लीबजारस्थित पद्मकन्या माध्यमिक विद्यालयको छात्रावास भवन निर्माण गरेको छ। ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत उक्त छात्रावास भवन निर्माण गरेको हो।
उक्त भवनको काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव अविनाशकुमार सिंह र जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले उद्घाटन गरेका छन्।
३ करोड २३ लाख रुपैयाँ लागतमा ३९ वटा कोठा भएको चारतले भवन निर्माण गरिएको हो।