काठमाडौं। दाङको लमही नगरपालिकास्थित बाल जनता माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न गरिएको छ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको १ करोड ७६ लाख रूपैयाँ आर्थिक सहयोगमा विद्यालय भवन निर्माण गरिएको हो।
नवनिर्मित भवनको लुम्बिनी प्रदेशका माननीय सामाजिक विकास मन्त्री रत्न बहादुर खत्री, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, लमही नगरपालिकाका मेयर जोगराज चौधरी र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रूपमा उद्घाटन गरेका छन्।