दोलखा। दोलखाको सैलुङ गाउँपालिका–७ त्रिवेणीमा निर्मित ज्येष्ठ नागरिक सेवा भवन सञ्चालनमा आएको छ । पहलकदमी थालिएको करिब १० वर्ष र निर्माण थालनी भएको करिब पाँच वर्षपछि निर्माण सम्पन्न भइ भवन सञ्चालनमा आएको हो।
अहिले पहिलो चरणमा पाँच जना ज्येष्ठ नागरिकलाई सेवा दिन थालिएको छ। सञ्चालनका लागि स्थानीय तहहरूलाई आर्थिक सहयोगका लागि आग्रह गरिएको छ ।
करिब २५ रोपनी जग्गामा बनेको भवनमा तीन तला र तलैपिच्छे तीन÷तीन वटा ट्वाइलेट बाथरुम सहितका २१ कोठा रहेका छन् । भवनभित्रै भान्सा कोठा र प्रतीक्षालय समेत रहेको छ ।
चर्नावती वृद्धाश्रमको पहलकदमी २०६९ सालमा र २०७४ सालमा भवन निर्माण सुरु गरिएको हो ।