काठमाडौं।नवलपरासी (पूर्व)मा रहेको त्रिभुवन माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ।
विद्यालय भवनको प्रतिनिधिसभाका सांसद डा.शशांक कोइराला, जिल्ला समन्वय समिति, नवलपरासी (पश्चिम)का प्रमुख भगौती यादव, बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारी तथा काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव डा.साहिल कुमारले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारतको दुई करोड ७ लाख बढी लागतमा भवन निर्माण गरिएको हो।
भवन उद्घाटन कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको पनि उपस्थिति रहेको थियो ।