रुकुमपूर्व। रुकुमपूर्वमा एकीकृत प्रशासनिक भवन बनाउन सुरु गरिएको छ। सिस्ने गाउँपालिका–५, रुकुमकोटस्थित छिप्रिदहमा रहेको जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय रहेको परिसरमा एकीकृत भवन निर्माण कार्य सुरु गरिएको हो।
भवन निर्माणका लागि प्रतिनिधि सभाका सदस्य पूर्णबहादुर घर्तीमगरले शिलान्यास गरेका छन् । एकीकृत भवनबाट जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयलगायत कम्तीमा छ वटा कार्यालय सञ्चालन गर्ने बताइएको छ।
२०८२ साल कात्तिक १३ गतेभित्र काम सम्पन्न गर्ने गरी सन्स एन्ड सन्सरमङ्गल जेभी काठमाडौँसँग १४ करोड ३२ लाखमा भवन निर्माणका लागि सम्झौता भइ काम अघि बढेको छ।