म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बहुउद्देश्यीय भवन निर्माण गरिएको छ। एक तले बहुउद्देश्यीय सभाहल सहितको भवन निर्माण गरिएको हो ।
गाउँपालिका, प्रदेश सरकार, चन्दा सहयोग र श्रमदान गरी ५५ लाख ४८ हजार ४९ रुपियाँ लागत उक्त भवन निर्माण गरिएको हो।
भवन निर्माणमा २५ लाख ९ हजार ४४९ व्यक्तिगत चन्दा संकलन गरिएको र मौवाफाँटमा रहेका २३ घरधुरी मगर समुदायले ४ लाख ६९ हजार तीन सय बराबराको श्रमदान गरेका छन्।