पाल्पा। पाल्पाको तानसेन नगरपालिका–११ मा सार्वजनिक शौचालय निर्माण गर्न सुरु गरिएको छ। ‘एक वडा एक सार्वजनिक शौचालय’ कार्यक्रम अन्तर्गत तानसेन –११ तिनला कुरीमा शौचालय निर्माण गर्न थालिएको हो ।
ऐतिहासिक मन्दिर लिपिन्देवीमा लाग्ने मेलामा आउने भक्तजनका लागि शौचालय अपर्याप्त नहोस भनि निर्माण गर्न थालिएको शौचालयमा ‘सेनेटरी प्याड’ समेत राखिने भएको छ ।
मुख्य सडक पर्ने भएकाले यहाँबाट छहरा, बतासे, गुल्मी, अर्घाखाँची लगायतका ठाउँमा जाने सवारी साधन यही रोक्ने र सबैलाई पायक पर्ने गरी तिनला कुरीमा शौचालय निर्माण गर्न लागिएको वडा कार्यालयले जनाएको छ।