काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ०१ पैसा रहेको छ।
यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ १९ पैसा र बिक्री दर १४३ रुपैयाँ ८३ पैसा रहेको छ।
त्यस्तै, बेलायती पाण्उड एकको खरिद दर १६९ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ ७३ पैसा रहेको छ।
यस्तै, आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको छ।