काठमाडौं। प्रभु बैंकले १ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले मंगलबार ५ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको हो।
बैंकले नवल किशोर राजभण्डारीको स्वामित्वमा रहेको ८६ हजार ४ सय ६६ कित्ता, भुपाल दाहालको ६२ हजार १ सय ५२ कित्ता, विमल तिमल्सिनाको ८ हजार ५ सय ३२ कित्ता, सुदन प्रसाद अधिकारीको ५ हजार ४ सय ८९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।
बैंकले ३५ दिनभित्र इच्छुक लगानीकर्ताबाट आवेदन माग गरेको छ।