काठमाडौं। यूनाइटेड मेवाखोला हाइड्रोपावरले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ। बुधबार एक कार्यक्रमको आयोजना गरी कम्पनीले सर्वसाधारणमा जारी हुने आईपीओ निष्कासनको प्रत्याभूतिकर्तामा नागरिक लगानीकोषलाई नियुक्त गरेको हो।
नागरिक कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र कम्पनीको तर्फबाट अध्यक्ष आषिश थापाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
सर्वसाधारणमा आईपीओ निष्कासन गर्दा नविकेको खण्डमा नागरिक लगानीकोषले सम्पूर्ण शेयर सकार्ने सम्झौता गरेको छ ।
कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यका १ करोड ६१ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ।