काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्सले ३ लाख कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको यी शेयर प्रतिकित्ता २१० रुपैयाँमै विक्रीमा आएको हो । असार ४ गतेदेखि ११ गतेसम्म विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले आवेदन दिन सक्नेछन् ।
यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा मात्र विक्री खुला गर्दा वितरण हुन नसकेपछि उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याइएको हो। तोकिएको अवधिभित्र तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ।