काठमाडौं। युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ। आईपीओ जारी गर्ने प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले असार ६ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ।
जेठ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्ने प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ ।