काठमाडौं। काठमाडौं महानगरपालिका–२७, असनस्थित ऐतिहासिक महत्त्व बोकेको सम्पदा ‘इटाचपा’को पुनर्निर्माण शुरु भएको छ। भूकम्पले भत्किएको ९ वर्षपछि उक्त सम्पदाको पुनर्निर्माण सुरु गरिएको हो ।
उक्त सम्पदा २०७२ वैशाख १२ गतेको भूकम्पमा भत्किएको थियो। ऐतिहासिक महत्त्वको यो सम्पदा दुई करोड ४९ लाख ३७ हजार रुपैयाँमा पुनर्निर्माण सुरु गरिएको छ। तीन वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य छ।