काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ६० पैसा र बिक्री दर १४३ रुपैयाँ २४ पैसा रहेको छ ।
यसैगरी बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६५ पैसा र बिक्री दर १६९ रुपैयाँ ४१ पैसा रहेको छ ।
त्यस्तै, आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्री दर ८८ रुपैयाँ ९६ पैसा रहेको छ ।
बैंकले कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा कायम रहेको पनि जनाएको छ ।