जनकपुर। जनकपुरधाममा अतिथि भवन तथा विवाह मण्डप उद्घाटन गरिएको छ। शनिवार समाजसेवी बलराम महतो र श्रीमती सरिता महतोले भवनको उद्घाटन गरेका हुन्।
सुँडी समाजद्वारा सञ्चालित श्रीरामजानकी सुँडी कुटीमा विषेशगरी सुँडी समाजलाई सहजताका लागि करिब चार करोड रुपैयाँको लागतमा अतिथि भवन तथा विवाह मण्डप निर्माण गरिएको हो ।
भवनमा ३२ सुविधा सम्पन्न कोठा, २ वटा सभा हल, शौचालय रहेको छ। भवनको मुख्य उद्देश्य भारतबाट वा अन्य ठाउँबाट आएका अतिथिहरूको व्यवस्थापन गर्नु रहेको बताइएको छ।