सिरहा। सिरहाको गोलबजार नगरपालिका–९ स्थित चोहर्वामा वन क्षेत्र अतिक्रमण गरी बनाइएको संरचना भत्काएको छ। अतिक्रमण गरी बनाइएको चारकोठे पक्की भवन डिभिजन वन कर्यालय लहान, सिरहाले भत्काएको हो।
अतिक्रमण गरी निर्माण गरिएको भवन मङ्गलबार भत्काइए डिभिजन वन कार्यालय लहानले जनाएको छ। विसं २०७९ को आमनिर्वाचनको समय पारेर उक्त भवन निर्माण गरिएको बताइएको छ।