महोत्तरी। महोत्तरीको रामगोपालपुर नगरपालिका–९ मा पूर्वस्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवले अस्पताल सञ्चालनमा ल्याएका छन्। पूर्व राज्यमन्त्री यादवले जानकी एकेडेमिक नामक अस्पताल स्थापना गरेका हुन्।
अस्पतालको मंगलबार जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेका छन्।
अस्पतालको उद्घाटन गर्दै जसपा अध्यक्ष यादवले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका यस क्षेत्रका बासिन्दालाई सुलभ र विश्वसनिय स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे।
मुख्यमन्त्री लालबाबु राउतले स्वास्थ्य उपचारलाई सस्तो र सर्वसुलभ बनाउन सुझाव दिए।
डा.यादवले २ सय बेडको अस्पताल सञ्चालनमा ल्याएका हुन्।