फाइल तस्बिर
बाँके। डिभिजन वन कार्यालय बाँकेले २७ वटा घरटहरा भत्काएको छ। बाँकेको नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा वन क्षेत्र अतिक्रमण गरी बनाइएका २७ वटा घरटहरा हटाइएको हो।
नरैनापुर–६ स्थित दुर्गामाता सामुदायिक वनमा अतिक्रमण गरी निर्माण गरिएका सात घरटहरा हटाइएको छ। त्यसैगरी राप्तीसोनारी–७, मण्डफवा सामुदायिक वन उपभोक्ता समूहमा करिब तीन हेक्टर वन क्षेत्र अतिक्रमण गरी बनाइएका १३ घरटहरा तथा राप्तीसोनारी–९, ढकेरीमा विगतमा रेन्जपोस्ट रहेको करिब एक हेक्टर क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका सात घरटहरा हटाइएको छ ।
राप्तीसोनारी–७ स्थित मण्डफवा सामुदायिक वन उपभोक्ता समूहमा करिब तीन हेक्टर वन क्षेत्र अतिक्रमणमा संलग्न १३ जनामाथि मुद्दा चलाइएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ।