कैलाली। जिल्लाको भजनी नगरपालिका–३ स्थित हुलाकी सडक छेउमा उच्च आवासगृह निर्माण गरिँदैछ । बाढी र डुबानका कारण विस्थापित हुनेहरुका लागि बसोबासका लागि आवासगृह निर्माण गरिएको हो।
सङ्घीय सहरी तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइमार्फत एक करोड ६६ लाखको लागतमा भवन निर्माणाधीन छ।
भवन सञ्चालनमा आएपछि प्रभावितलाई राहत हुनेछ विश्वास लिइएको छ। चालु आवमा सबै काम नसकिए पनि बस्न सक्ने स्थितिको भवनको काम हुने बताइएको छ।